काठमाडौं, फागुन १९ गते, टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ सफलता हासिल गरेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् ।
उनले नेदरल्याण्ड्सका तेजा निदामनुरूलाई बोल्ड गरेका छन् । १४ बल खेलका निदामनुरू ५ रन बनाएर आउट भएका छन् ।प्रतिशले यसअघि नवौं ओभरमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओ’डडलाई बोल्ड गरेका थिए । ५ रन बनाएका उनी बोल्ड भएका छन् ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ६ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।