बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात

मेगा खबर संवाददाता

१६, फाल्गुण २०८०
  • 742
    SHARES

  • उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात

    काठमाडौँ, नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ ।

    आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ ।  

    आगामी तीन दिन वर्षाको सम्भावना भने नरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । 

    बुधवार, फाल्गुण १६ २०८००६:२९:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार