बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली

भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली

मेगा खबर संवाददाता

१५, फाल्गुण २०८०
  • 664
    SHARES

  • भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली

    काठमाडौँ, फागुन १५ गते, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार,राजनीतिज्ञ,समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

    वरिष्ठ फिल्म निर्देशक नीर शाह,अभिनेता हरिहर शर्मा,नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला,प्रतिष्ठानकी कुलपति निशा शर्मासहित फिल्म अभिनेता,संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

    भजन शिरोमणीको रुपमा सुप्रसिद्ध आचार्यको निधन सोमबार अपरान्ह ४ बजे मेडिसिटी अस्पताल लैजाने क्रममा भएको थियो । शरिरमा एक्कासी अक्सिजनको मात्रा कम भएपछि उनलाई अस्पताल लगिएको थियो । ८२ वर्षिय आचार्य केही समयदेखि बिरामी थिए । आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने नेपाल संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

    मंगलवार, फाल्गुण १५ २०८०१२:०७:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार