बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य

तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य

मेगा खबर संवाददाता

१०, फाल्गुण २०८०
  • 679
    SHARES

  • तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य

    काठमाडौं, फागुन १० गते, तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

    मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेका छन् । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।

    अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९/१९ रनमा आउट भएका छन् ।

     

    बिहिवार, फाल्गुण १० २०८००१:१४:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार