बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ब्रेन्टफोर्डमाथि सिटीको संघर्षपूर्ण जीत

ब्रेन्टफोर्डमाथि सिटीको संघर्षपूर्ण जीत

मेगा खबर संवाददाता

९, फाल्गुण २०८०
  • 649
    SHARES

  • ब्रेन्टफोर्डमाथि सिटीको संघर्षपूर्ण जीत

    काठमाडौं, फागुन ९ गते, म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण जीत हासिल गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी एक अंकमा झारेको छ ।

    मंगलबार राति भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो । ब्रेन्टफोर्डको उत्कृष्ट डिफेन्सलाई चिर्न सिटीले ७१ मिनेटसम्म पर्खनुपरेको थियो । सिटीका लागि अर्लिङ हालान्डले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । २३ वर्षीय फरवार्डले यो सिजन लिगमा १७ गोल गरिसकेका छन् भने सिजनमा उनको यो २२ औँ गोल थियो ।

    २५ खेलपछि सिटीको ५६ अंक छ । टोलीले आर्सनललाई उछिन्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल ५७ अंकसहित लिगको शीर्ष स्थानमा छ । 

    बुधवार, फाल्गुण ९ २०८०१०:५१:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार