बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

मेगा खबर संवाददाता

९, फाल्गुण २०८०
  • 640
    SHARES

  • नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ,  नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनचटयाङ सहित हल्का वर्षा छ । 

    सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात छ ।

    भोलि बिहीबार पनि  देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश,मधेस प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचटयाङसहित हल्का देखि मध्यम वर्षा छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात छ  ।

    बुधवार, फाल्गुण ९ २०८००७:१०:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार