बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मलाई सिध्याउने खेल सुरु भयो: इन्द्रेणीका संचालक कृष्ण कँडेल

मलाई सिध्याउने खेल सुरु भयो: इन्द्रेणीका संचालक कृष्ण कँडेल

मेगा खबर संवाददाता

४, फाल्गुण २०८०
  • 928
    SHARES

  • मलाई सिध्याउने खेल सुरु भयो:  इन्द्रेणीका संचालक कृष्ण कँडेल

    काठमाडौं, फागुन ४ गते, लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको बताएका छन् ।

    उनले आफूलाई सिध्याएर देश बन्छ भने आफू तयार रहेको बताए । आज राजधानीमा एक कार्यक्रम गर्दै कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले नहेरेको स्पष्ट पारे । शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ’कँडेलले भने,त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो । पहिले आफूलाई भगवान् भन्ने व्यक्तिले अहिले किन राक्षस भनिरहेको छन् भन्दै त्यो आफूले बुझ्न नसकेको कँडेलको भनाई थियो ।

    विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको खुलाए । कँडेलले आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको भन्दै खण्डन गरे ।

    पछिल्लो समय मैले इन्द्रेणीमा थाइ कर्मचारी राख्नसक्ने अवस्था भएन भनेर सबै साथिहरु राखेर विधान बनायौ’कँडेलले भने, सबैले कार्यक्रम पर्छ र बोलाउछाै । बोलाएको पारिश्रमिक दिन्छन् भनेर गरेका छौँ । राम्रो गर्दा पनि आफूले भ्रष्टाचार गरे जस्तो गरेर विभिन्न आरोप लाग्दा दुःख लागेको उनले सुनाए । आफ्नो टिमको ५ जना व्यक्तिबाट यस्तो आरोप लाग्छ र अहिलेको परिस्थिति आउला भनेर आफूले कहिल्यै कल्पना नगरेको कँडेलले सुनाए ।



    शुक्रवार, फाल्गुण ४ २०८००४:०८:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार