बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले दियो मलेसियालाई ११६ रनको लक्ष्य

नेपालले दियो मलेसियालाई ११६ रनको लक्ष्य

मेगा खबर संवाददाता

४, फाल्गुण २०८०
  • 667
    SHARES

  • नेपालले दियो मलेसियालाई ११६ रनको लक्ष्य

    काठमाडौँ, एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनायो । नेपालका लागि डली भट्टले २४ रन बनाइन् । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलको विजेता फाइनलमा पुग्नुका साथै एसिया कपका लागि छनोट हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ ।

    नेपाल र मलेसियाबीचको विजेता टोलीले पनि यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत,पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

     

    शुक्रवार, फाल्गुण ४ २०८००१:१९:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार