बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

च्याम्पियन्स लिगमा सिटीको सहज जीत हासिल

च्याम्पियन्स लिगमा सिटीको सहज जीत हासिल

मेगा खबर संवाददाता

२, फाल्गुण २०८०
  • 790
    SHARES

  • च्याम्पियन्स लिगमा सिटीको सहज जीत हासिल

    काठमाडौँ, च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगनमाथि ३–१ को सहज जीत हासिल गरेको छ ।

    खेलको १० औँ मिनेटमा नै पेप ग्वार्डिओलाको टोलीलाई केभिन डी ब्रुयनलाई अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा म्यागनस म्याटसनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा बर्नार्डो सिल्भाले पुनः सिटीलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई सहज अग्रता दिलाउन सफल भए । 

    बुधवार, फाल्गुण २ २०८००७:५७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार