बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी प्रदेशहरूमा आज वर्षा र हिमपातको सम्भावना

यी प्रदेशहरूमा आज वर्षा र हिमपातको सम्भावना

मेगा खबर संवाददाता

२, फाल्गुण २०८०
  • 991
    SHARES

  • यी प्रदेशहरूमा आज वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी,मधेस,बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  

    कोशी,मधेस,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात छ । हिमपातले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनान महाशाखाको अनुरोध छ । 

    भोलि बिहीबार कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपात छ ।

    बुधवार, फाल्गुण २ २०८००७:२१:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार