काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ अब फेरि सञ्चालनमा आउने भएको छ । कोरोनाभाइरसको संक्रमणका कारण रोकिएको मुन्द्रेको कमेडी क्लबु अब छिट्टै छायांकन गर्ने तयारी गरिएको बताइएको छ ।
मुन्द्रेको कमेडी क्लबुका सञ्चालक चर्चित हाँस्यकलाकार जितु नेपालले छायांकन गर्ने तयारी गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालमा सरकारले तोकेको मापदण्ड पूरा गरि मुन्द्रेको कमेडी क्लब छायांकन गर्ने तयारी गरिएको बताएका छन् ।
उनले भनेका छन् पुरै नयाँ सेटमा,केही नयाँ कलाकार सहित नेपाल सरकारले रुतोकेको मापदण्ड पूरा गरि,सम्पूर्ण स्वास्थ सुरक्षाको नियम पालना गर्दै, सावधानीका साथ हजुरहरुलाई मनोरञ्जन दिन ूमुन्द्रेको कमेडी क्लबू छायांकन गर्ने तयारी गर्दैछौ।अवस्य पनि अबका कार्यक्रम केहीm फरक लाग्ने छ भन्नेमा बिस्वास छ। बस केवल हजुरहरुको माया,साथ र हौसला चाहीएको छ। रेडी हैनत।। र? mcc हेर्नलाई।।।
यस शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला अध्यक्ष बनेकी छिन्। यस कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढी लगायतका हास्य कलाकारहरूको अभिनय देखिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।