बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आइपिएल : सनराइजर्स हैदरावादको पहिलो जित, दिल्ली १५ रनले पराजित

आइपिएल : सनराइजर्स हैदरावादको पहिलो जित, दिल्ली १५ रनले पराजित

मेगा खबर संवाददाता

१४, आश्विन २०७७
  • 2.3K
    SHARES

  • आइपिएल : सनराइजर्स हैदरावादको पहिलो जित, दिल्ली १५ रनले पराजित

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा हैदरावादले दिल्ली क्यापिटललाई १५ रनले पराजित गरेको छ ।   

    हैदरावादले दिएको १६३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन मात्र बनाएपछि हैदरावाद १५ रनले विजयी भएको हो ।

    दिल्लीका लागि शिखर धवनले सर्बाधिक ३४ रन बनाए भने रिषव पन्तले ३२ रन बनाए ।    त्यस्तै शिमरन हेटमायरले २१ रन बनाए भने कप्तान श्रेयस अय्यरले १७ तथा मार्कोस स्टोइनिसले ११ तथा कागीसो रबाडाले १५ रन बनाए ।   

    हैदरावादका बलर राशिद खानले ३ विकेट लिए । राशिदले धवन अय्यर र पन्तलाई आउट गरेका थिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट लिए भने खालिद अहमद र टी नटराजनले एक एक विकेट लिए ।       

    यस अघि टस हारे पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएका थिए । हैदरावादका लागि जोनी बैरस्ट्रवले ५३ रन बनाए भने डेविड वार्नरले ४५ रन बनाएर आउट भए ।

    त्यस्तौ केन विलियाम्सनले ४१ रन बनाए भने मनिष पाण्डे ३ रन बनाएर आउट भएका थिए । त्यसैगरी अब्दुल समादले अविजित १२ रन बनाए । त्यस्तै दिल्ली क्यापिटलका बलर अमित मिश्रा र कागीसो रबाडाले २-२ विकेट लिए ।

    योसँगै सनराइजर्स हैदरावादले यस सिजनको आइपिएलमा तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने यस अघि दुई खेल जितेको दिल्लीले पहिलो हार बेहोरेको छ ।  

    अब आज राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्सबीच खेल हुने छ । 

    बुधवार, आश्विन १४ २०७७०५:३४:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार