बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : स्वास्थ्यमन्त्री

पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : स्वास्थ्यमन्त्री

  • 706
    SHARES

  • पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन :  स्वास्थ्यमन्त्री

    काठमाडौँ, माघ २८ गते, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताएका छन् ।

    आज नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने,“पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन,पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने छ ।” नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको छु भन्ने दिनको अन्त्य भएको मन्त्री बस्नेतको भनाइ थियो ।

    उनले भने,“नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ,म दाबाका साथ भन्छु,पैसा नभएर उपचार रोकिँदैन,पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुहोला,म निःशुल्क उपचार गर्नेछु ।”मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको थालनी भएपछि बिरामीको चाप बढ्न थालेको बताए । उनले अस्पताल,फार्मेसी र मेडिकल कलेजलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँमा सुधार आइरहेको जिकिर गरे ।

    अस्पतालले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ । यसैगरी मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नागरिकका अधिकार भएकाले स्वास्थ्य सँगसँगै शिक्षालाई पनि निःशुल्क गर्नुपर्ने धारणा राखे ।

    आइतवार, माघ २८ २०८०११:२५:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार