काठमाडौँ, दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १० ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर ७२ रन बनाएको छ ।
नेपाललाई आक्रामक सुरुआत दिलाएका ओपनर अनिल शाहले १९ बलमा अर्धशतक बनाए । नेपालले १० ओभरको खेल जारी रहँदा ७१ रन जोडेको छ । शाहले ३ छक्का र तीन चौका प्रहार गरे । एकदिवसीयमा नेपालका लागि दोस्रो छिटो अर्धशतक हो । कुशल मल्लले १८ बलमा हानेका थिए ।
योसँगै नेपाललाई दोस्रो झट्का लागेको छ । पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख १५ बलमा १० रन बनाउँदै आउट भएका थिए । क्रिजमा कप्तान रोहित पौडेल र देव खनाल छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।