काठमाडौँ, नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दै छ ।
उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो । सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।
दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएका थिए । नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको सिरिज आफ्नो कब्जामा पार्न चाहन्छ । अघिल्लो खेलमा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा भने उल्लेख्य खेल खेल्न सकेको थिएन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।