फाईल तस्बिर
काठमाडौं । आजसम्म कुल संक्रमितको संख्या ७६,२५१ पुगेको छ । काठमाडौँ उपत्यकामा ९३४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ७४७ भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका छन ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २०,३९६ छ । यसमध्ये संस्थागत आइसोलेसनमा ९,६८९ र होम आइसोलेसनमा १०, ७०७ जना संक्रमित रहेका छन् ।२४ घण्टामा पीसीआर परीक्षणको संख्या १०,८९१ रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७३१ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ५५,३७१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको ४९१ संख्या पुगेको छ ।
आईसीयूमा उपचाररत संक्रमितको संख्या २१३ र भेन्टिलेटरमा ३४ जना संक्रमित छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।