काठमाडौं, माघ २५ गते, नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाको सातौं र आठौं विकेट तीन बलको अन्तरमा लिएको छ ।
क्यानडाका साहिद अहमदजाई एक र डिल्लन हेलिगर शून्य रन बनाउँदै क्रिजमा छन् । क्यानडालाई जितका लागि २४ बलमा १७ रन आवश्यक छ । क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । रिजन ढकालले लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजनले विकेट लिएका हुन् ।
उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच गराएका थिए । त्यतिबेला नवनितले केवल ६ रन बनाएका थिए । क्यानडाको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले क्यानडाका अर्का ओपनर एरोन जोन्सनलाई २० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले जोन्सनलाई एलबीडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको अन्तिम बलमा जोन्सन आउट हुँदा क्यानडाले ३५ रन बनाएको थियो ।
क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले मैदानमा जमिसकेका ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । रोहितले उनलाई ललित राजवंशीद्वारा क्याच गराएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।
क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले हर्षलाई बोल्ड गरेका थिए । आउट हुनुअघि हर्षले ४३ बलमा तीन चौका हिर्काएका थिए । ३३औँ ओभरको अन्तिम बलमा हर्ष आउट हुँदा क्यानडाले एक सय ७४ रन बनाएको थियो ।
क्यानडाको पाँचौँ विकेट रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका श्रेयष मोभालाई एक रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । उनले मोभालाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । रोहितले लिएको यो दोस्रो विकेट हो । ३७.३ ओभरमा मोभा आउट हुँदा क्यानडाले एक सय ८९ रन बनाएको थियो ।
क्यानडाको छैटौँ विकेट पवन सर्राफले लिएका थिए । उनले मैदानमा जमिसकेका ब्याट्सम्यान निकोलस किर्तनलाई ६८ रनको ब्यक्तिग स्कोरमा आउट गरेका हुन् । त्यतिबेला क्यानडाले ४४.२ ओभरमा ८ विकेटको क्षतिमा २०७ रन जोडेको थियो भने उसलाई जितका लागि १८ रन चाहिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।