बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेको पक्षमा नारा लगाएको आरोपमा दुई जना पक्राउ

सन्दीप लामिछानेको पक्षमा नारा लगाएको आरोपमा दुई जना पक्राउ

  • 817
    SHARES

  • सन्दीप लामिछानेको पक्षमा नारा लगाएको आरोपमा दुई जना पक्राउ

    काठमाडौं, माघ २५ गते, क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । विहीबार नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय खेल भइरहँदा दर्शकले सन्दीप लामिछानेको पक्षमा हुटिङ गरेका छन् ।

    कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए । त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

    ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो । दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ ।

    बिहिवार, माघ २५ २०८००१:४४:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार