काठमाडौँ, क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तर्गतको जारी खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ४५ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । ओडिआईमा उनको ७औँ अर्धशतक हो । उनले एक शतक पनि प्रहार गरेका छन् । नेपाल अहिले १३औँ ओभरमा एक विकेट गुमाउँदै ७१ रन बनाएर खेलिरहेको छ । यो सिरिजका लागि मुख्य प्रशिक्षक मन्टी देसाईले युवा टोलीलाई अवसर दिएका छन् ।
प्रधानमन्त्री कपमा प्लेयर अफ द सिरिज बनेका स्पिनर सूर्य तामाङ र रिजन ढकालले आजको खेलबाट ओडिआईमा डेब्यु गरेका छन् । यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडा बीचको पहिलो ओडिआई हो । यो खेललाई दुई पुराना साथी मोन्टी देसाई र पुवुदु दसानायके बीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।