शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

बाढीपहिरोः १६ जना अझै बेपत्ता

बाढीपहिरोः १६ जना अझै बेपत्ता

मेगा खबर संवाददाता

१३, आश्विन २०७७
  • 2.2K
    SHARES

  • बाढीपहिरोः १६ जना अझै बेपत्ता

    फाईल तस्बिर

    बागलुङ । मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् ।

    त्यसअघि साउन १० गते बागलुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् । महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । 

    इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए । सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतक सरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको बताए ।

    उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा बेपत्ताको खोजबिन र स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ । “उपसमितिले बेपत्ताहरुको खोजीसँगै वस्तुगत अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्छ, त्यसपछि राहतको प्रक्रिया शुरु हुन्छ”, सूचना अधिकारी पन्तले भने । बेपत्ता नभेटिएको स्थितिमा मृतक सरहको राहत सम्बन्धित परिवारले पाउनेछन् ।

    सरकारले मृतक परिवारलाई रु दुई लाख राहत प्रदान गर्दै आएको छ । यस्तै एउटै परिवारमा अन्य सदस्यको पनि मृत्यु भएमा थप रु एक लाखका दरले राहत उपलब्ध हुने गरेको छ । बेपत्ता भएका परिवारलाई पनि तत्कालीन राहतस्वरुप रु १५ हजार दिने गरिएको छ ।

    यो वर्ष बाढीपहिरोका कारण ढोरपाटनसहित जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड, काठेखोला गाउँपालिकालगायत क्षेत्रमा जनधनको क्षति भएको छ । भूजीखोलाको बाढीमा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको थियो ।

    मंगलवार, आश्विन १३ २०७७०१:१४:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार