बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा हुनेछ वर्षा

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा हुनेछ वर्षा

  • 766
    SHARES

  • आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा हुनेछ वर्षा

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ ।

    आज राति भने कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ ।

    शुक्रवार, माघ १९ २०८००७:००:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार