बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • 718
    SHARES

  • आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । देशका तराईका थोरै  स्थानहरूमा हुस्सु  लागेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा छ ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात छ । आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    मंगलवार, माघ १६ २०८००७:४५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार