काठमाडौं, माघ १५ गते, बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाइ गरिएको हो । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका थिए । नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
२ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।