बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुनेछ : स्वास्थ्यमन्त्री

अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुनेछ : स्वास्थ्यमन्त्री

  • 793
    SHARES

  • अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुनेछ : स्वास्थ्यमन्त्री

    काठमाडौं, माघ १५ गते, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।

    सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा केही कमी,कमजोरीहरु रहेको बताए । उनले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको भनाइ व्यक्त गरेका छन् ।

    जनसङ्ख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको जानकारी दिदै मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताए ।‘‘अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी,कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरुमा बिरामीको सङ्ख्या अब घट्ने होइन बढ्ने हो । जनसङ्ख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरु बढ्न त जरुरी छ ।’’ मन्त्री बस्नेतले भने,‘‘एकथरी सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने,राम्रो शिक्षा पाउन नसक्ने,घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ ।

    सोमवार, माघ १५ २०८००२:३५:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार