दुई गोलको अग्रता गुमाउँदै साबिक विजेता पेरिस सेन्ट जर्मेन ब्रेस्टसँग बराबरीमा रोकिएको छ ।
लिग वान अन्तरगतको खेलमा टोली २–२ को बराबरी खेल्न बाध्य बनेको हो । मार्को असेन्सियो र रान्डाल कोलो मुआनीको गोलको मद्दतले लुइस एनरिकेको टोलीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा महदी कामारा र म्याथियस परेराले गोल गर्दै ब्रेस्टका लागि एक अङ्क बटुले । उता पीएसजीका फरवार्ड ब्राड्ली बारकोलाले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।
बराबरीका बाबजुद टोलीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ । १९ खेलबाट पीएसजीको ४४ अङ्क छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।