एथ्लेटिक बिल्बाओसँग पराजित हुँदै बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा बार्सा २–४ गोलले पराजित भएको हो ।
खेलमा गोर्का गुरुजेटाले खेलको पहिलो मिनेटमा नै बिल्बाओलाई अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्की र लामिन यामालले गोल गरेपछि पहिलो हाफको अन्त्यसम्ममा बार्सिलोनाले खेलमा अग्रता लियो । १६ वर्षीय यामाल प्रतियोगिताको सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् ।
दोस्रो हाफको सुरुवातमा नै बिल्बाओले ओइहान सान्चेटको गोलमा बराबरी गोल फर्कायो । त्यसपछि निर्धारित समयमा कुनै गोल हुन सकेन र खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा इनाकी विलियम्स र निको विलियम्सले गोल गर्दै बिल्बाओलाई जीत दिलाए ।
खेलमा ज्याभीको टोलीले नियन्त्रण बनाए पनि विपक्षीको पोस्टमा भने बिल्बाओले निरन्तर आक्रमण गरेको थियो । टोलीले बार्साको पोस्टमा २७ पटक प्रहार गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।