बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

  • 907
    SHARES

  • नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

    काठमाडौँ, माघ ७ गते,आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

    बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । खेल पौने दुर्ई बजे सुरु हुँदैछ ।समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्त्वपूर्ण हुनेछ । नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्ममा न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।

    सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । नेपालले आजको खेलमा विपिन रावल, दुर्गेश गुप्ता,विशाल विक्रम केसी र दीपक डुम्रेलाई भने बेन्चमा राखेको छ । नेपालले दुवै दीपक बोहरालाई न्युजिल्यान्डविरुद्ध मैदान उतारेको छ ।

    एउटा दीपक बोहरा ओपनर तथा स्पिन अलराउन्डर हुन् । अर्का फिनिसर हुन् । नेपालले तीन स्पिनर खेलाएको छ । सुवास,तिलक र दीपेश तीनै स्पिनर नेपालको प्लेइङ ११ मा छन् ।

    आइतवार, माघ ७ २०८००३:११:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार