बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यू–१९ विश्वकपमा भारत र पाकिस्तान विजयी सुरुआत

यू–१९ विश्वकपमा भारत र पाकिस्तान विजयी सुरुआत

  • 736
    SHARES

  • यू–१९ विश्वकपमा भारत र पाकिस्तान विजयी सुरुआत

    काठमाडौं, आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो ।

    भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो । पहिला ब्याटिङ गर्दा भारतका आदर्श सिंहले सर्वाधिक ७६ रनको पारि खेल्दा उदय शरणले ६४ रन बनाएका थिए ।

    सचिन दासले नटआउट २६ रन बनाउँदा आर्भेले अभिनास र प्रियान्सु मोलियाले २३–२३ रन बनाए । बंगलादेशका मारुफ मरिदाले सर्वाधिक ५ विकेट लिए । २५२ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो । बंगलादेशका लागि मोहम्मद सिहाव रोबीले ५४ रनको अर्धशतकीय पारि खेल्दा अरिफुल इस्लामले ४१ रन बनाए । शेख पभेज जिवोन १५ तथा अशिकुर रहमान र जिसन आलमले १४–१४ रन बनाए ।

    आइतवार, माघ ७ २०८००७:०९:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार