बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

  • 1.1K
    SHARES

  • यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ ।

    आज दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शुक्रवार, माघ ५ २०८००८:१३:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार