काठमाडौँ , नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीबिच बिहीबार खेलिएको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ । उक्त मैत्रीपूर्ण खेल २३औँ सशस्त्र प्रहरी दिवस–२०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित एपीएफ रंगशालामा खेलिएको थियो ।
दुबै टोलीमा ३५ वर्षभन्दा माथिका बरिष्ठ अधिकृत र अधिकृतहरुको मात्र सहभागिता रहेको थियो । सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले कप्तानको भूमिका निर्वाह गरेका थिए ।
अर्याल र बज्राचार्यले मायाको चिनो पनि आदान–प्रदान गरेका थिए । महानिरीक्षक अर्यालले सहभागी खेलाडी,प्रशिक्षक र ब्यवस्थापकलाई प्रशंसापत्रसमेत प्रदान गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।