बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको मौसमः यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • 1.2K
    SHARES

  • आजको मौसमः  यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ,  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराई भूभागमा हुस्सु लागेको छ ।

    आज दिउँसो कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा छ ।

    कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपात छ ।आज राति कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी,गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बुधवार, माघ ३ २०८००७:२३:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार