शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

मेगा खबर संवाददाता

१२, आश्विन २०७७
  • 1.2K
    SHARES

  • व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

    फाईल तस्बिर

    काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् ।

    ‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ उनले एक सूचनामा लेखेका छन् । तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए ।

    केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।

     

     

     

    सोमवार, आश्विन १२ २०७७०१:०७:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार