बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि भूभागमा आंशिक बदली, बाँकी भूभागको मौसम आज सफा रहने

यि भूभागमा आंशिक बदली, बाँकी भूभागको मौसम आज सफा रहने

  • 694
    SHARES

  • यि भूभागमा आंशिक बदली, बाँकी भूभागको मौसम आज सफा रहने

    काठमाडौँ, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सोमबार कोशी,बागमती,गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपात छ । तराई भू-भागका केही स्थानहरूमा बिहानीपख हुस्सुकुहिरो लाग्ने तथा अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जान सक्ने  मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    साथै चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मंगलबार कोशी,गण्डकी र कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपात छ ।

    सोमवार, पौष २३ २०८००७:१०:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार