बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 सात बर्षपछि फेरि मेला महोत्सवमा धुर्मुस सुन्तलीलाई भ्याईनभ्याई (तस्बिरहरू)

 सात बर्षपछि फेरि मेला महोत्सवमा धुर्मुस सुन्तलीलाई भ्याईनभ्याई (तस्बिरहरू)

  • 1.0K
    SHARES

  •  सात बर्षपछि फेरि मेला महोत्सवमा धुर्मुस सुन्तलीलाई भ्याईनभ्याई  (तस्बिरहरू)

    सुरेश तिमल्सिना 

    काठमाडौं, पुस २२ गते, कलाकार द्वय सिताराम कट्टेल ´धुर्मुस` र कुञ्जना घिमिरे ´सुन्तली`लामो समयदेखि सामाजिक काममा होमिरहेका छन् । कहिले भुकम्प जादा ,कहिले तराई डुब्दा होस् या देशले कुनै प्राकृतिक प्रकोप संग सामना गर्दा प्रभावित विभिन्न जिल्लामा पुगि राहत संगै उद्दारमा निरन्तर खटिरहन्छन् ।

    यसरी देश र जनताको सेवामा तल्लीन भएर लागेका उनिहरु चितवन स्थित रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा होमिएका थिए । परियोजना निर्माणमा १८ करोड रकम बजारमा तिर्न बाँकी भएसंगै निर्माणको कामलाई अगाडि बढाउन नसकेका धुर्मुस सुन्तली बिगत केही बर्षदेखी सरकार गुहार्दै सिंहदरबार धाईरहेका छन् । 

    यसरी सामाजिक काममा लागिरहदा बिगत सात बर्ष यता उनिहरुको कलाकारिता पेशा भने ओझेलमा परिरहेको थियो । कलाकारितालाई फेरि निरन्तरता दिने र अब आगामी दिनमा समेत स्वदेश तथा बिदेशका विभिन्न स्थानमा हुने कार्यक्रममा समेत आफ्नो उपस्थिति जनाउने बाचा सहित गत पुष १४ गते कास्कीमा आयोजित ´१९ औं लेखनाथ महोत्सव - २०८०` मार्फत सात वर्षपछी पुन स्टेज कार्यक्रममा फर्किदै आफ्नो प्रस्तुति दिएका थिए ।

    सो महोत्सवबाट पुन स्टेज कार्यक्रममा फर्किएका उनिहरुलाई अहिले विभिन्न स्थानमा हुने मेला महोत्सवमा आफ्नो प्रस्तुति दिन निमन्त्रणा आईरहेको छ । पुस २९ गते उनीहरूले ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव’ कैलालीमा प्रस्तुति दिँदैछन् ।

    माघ १ गते ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ कैलाली अत्तरियामा प्रस्तुति दिनेछन् । त्यस्तै, माघ ३ गते कैलालीकै बाँसगढीमा आयोजित महोत्सवमा यो जोडीको प्रस्तुति रहनेछ । माघ ५ गते ‘बर्दिया राजापुर महोत्सव’मा पुग्ने उनीहरूले ६ गते ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ दाङको भालुवाङमा पुगेर प्रस्तुति दिनेछन् । माघ ८ गते ‘आरुघाट महोत्सव’ गोरखामा यो जोडीको प्रस्तुति रहनेछ ।

    आइतवार, पौष २२ २०८००३:३४:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार