फाईल तस्बिर
सिन्धुपाल्चोक । चौँतीस वर्षअघि अपराध गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठूलोपाखर गाविस–३ हाल लिशङ्खुपाखर गाउँपालिका–७ बस्ने वर्ष वर्षीय फुर्पा तामाङलाई प्रक्राउ गरेको हो ।
विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीय जोगलाल तामाङको फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो ।
हत्याको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय चौतारा र प्रहरी चौकी लामोसाँघुबाट खटएिको टोलीले आइतबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।