बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रधानमन्त्री कपको फाइनलमा अप्सरी बेगमको ह्याट्रिक विकेट

प्रधानमन्त्री कपको फाइनलमा अप्सरी बेगमको ह्याट्रिक विकेट

  • 727
    SHARES

  • प्रधानमन्त्री कपको फाइनलमा अप्सरी बेगमको ह्याट्रिक विकेट

    काठमाडौं, पुस १८ गते, प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी प्रदेशकी बलर अप्सरी बेगमले ह्याट्रिक विकेट लिएकी छन् ।

    उनी खेलको २०औँ ओभरको बलिङ गर्न आएकी थिइन् । अप्सरीले २० औँ ओभरको पहिलो बलमा एपीएफ क्लबकी अनुभवी ब्याट्र इन्दू बर्मालाई पेभेलियन फर्काइन् । उनले इन्दूलाई नमिता श्रेष्ठद्वारा क्याच गराएकी थिइन् । क्रिजमा जमिसकेकी इन्दू ५३ रन बनाउँदै आउट भएकी हुन् ।

    त्यसपछि अप्सरीले २० औँ ओभरको दोस्रो बलमा एपीएफकी अर्की अनुभवी खेलाडी नेरी थापाको विकेट लिइन् । उनले नेरीलाई खाता खोल्नुअघि नै विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । अप्सरीले २०औँ ओभरको तेस्रो बलमा सोनु खड्कालाई आउट गराइन् ।

    उनले सोनुलाई पनि खाता खोल्नुअघि नै बोल्ड गरेकी थिइन् । 

    बुधवार, पौष १८ २०८००२:०२:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार