बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

  • 868
    SHARES

  • कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौँ,  नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली,सुदूरपश्चिम प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    कोशी,बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपात छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सुकुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक-दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन,स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना छ ।

    आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपात छ । चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनान महाशाखाको अनुरोध छ ।

    शनिवार, पौष १४ २०८००८:३३:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार