काठमाडौं, पुस १३ गते, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् । अब वादीतर्फका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि मुद्दाको फैसला आउने छ ।
वादीतर्फका कानुन व्यवसायीले बुधबार बहस सकेका थिए । बुधबार नै प्रतिवादीतर्फका कानुन व्यवसायी मुरारी सापकोटाले बहस सुरु गरेका थिए । उनको बहस नसकिएकाले बिहीबार उनले नै बहसको सुरुवात गरेका थिए । त्यसपछि अधिवक्ता रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा,कृष्ण सापकोटा,सबिता भण्डारी,रमण श्रेष्ठ लगायतले बहस गरेका थिए । श्रेष्ठको बहस नसकिएपछि शुक्रबार उनले नै बहसको सुरुवात गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।