क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल–नासरले साउदी प्रो लिगमा १० खेलाडीमा सीमित अल–इतिहादमाथि ५–२ को सहज जीत हासिल गरेको छ ।
खेलमा अग्रता भने अल–इतिहादले लिएको थियो । अब्देरजाकले हमदल्लाहले १४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । तर, १९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । ३८ औँ मिनेटमा टालिस्काले अल–नासरलाई अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा हमदल्लाहले अल–इतिहादका लागि बराबरी गोल फर्काएका थिए । ६६ औँ मिनेटमा फाबिन्होले रातोकार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो । ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पुनः अल–नासरलाई अग्रता दिलाए । पोर्चुगिज फरवार्ड यो सिजन उत्कृष्ट फर्ममा देखिएका छन् ।
लिगमा यो सिजन उनले आफ्नो गोल सङ्ख्या १९ पुर्याएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।