बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

  • 721
    SHARES

  • नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो  देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।   

    शनिबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू (भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    शुक्रवार, पौष ६ २०८००७:११:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार