काठमाडौं, पुस २ गते, सुरेश तिमल्सिना, हास्य टेलिसिरियल सक्किगोनीका कलाकार सि.पि पुडासैनी ( धतुरे बा ) ले आफ्नो ४४ औं जन्मदिन सातदोबाटो प्रहरी परिसरमा भब्यताका साथ मनाएका छन् ।
सातदोबाटो प्रहरी परिसर पुगि उनले त्यहाँ रहेका ट्राफिक प्रहरीहरुलाई खादा लगाईदिएर सम्मान गरेका हुन् । साथै उनले ट्राफिक प्रहरीहरुलाई कफि पनि वितरण गरेका छन् ।
उनी भन्छन् " हाम्रो अभिभावक बनेर दिनरात घामपानी।धुवाँधुलो केही नभनी देश र जनताको निम्ति अहोरात्र खटिनुहुने सुरक्षाकर्मिहरुलाई उहाँहरुको कार्यको उचित मुल्यांकन गर्दै थप प्रोत्साहन मिलोस भन्दै मैले सम्मान गरेको हुँ । "
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।