बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

१० खेलाडीमा सीमित स्पर्सको जीत कायम

१० खेलाडीमा सीमित स्पर्सको जीत कायम

मेगा खबर संवाददाता

३०, मंसिर २०८०
  • 688
    SHARES

  • १० खेलाडीमा सीमित स्पर्सको जीत कायम

    १० खेलाडीमा सीमित टोटनह्याम हटस्पर्सले नटिङह्याम फरेस्टलाई हराउँदै प्रिमियर लिगको शीर्ष चारमा आफ्नो दाबेदारी कायम राखेको छ ।

    स्पर्ससँग ०–२ गोल अन्तरले पराजित फरेस्टको पछिल्ला ६ खेलमा यो पाचौँ पराजय हो । पहिलो हाफको इन्जुरी समयमा रिचार्लिसनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । पछिल्ला दुई खेलमा स्पर्सका लागि उनको यो तेस्रो गोल थियो । उनले टोलीका लागि लगातार दुई खेलमा गोल गरेको सन् २०२२ को मेपछि यो पहिलोपटक हो ।

    दोस्रो हाफमा डेजान कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा येभ्स बिसोमाले रातो कार्ड खाएपछि स्पर्स १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसपछि विपक्षी टोलीलाई रोक्दै स्पर्सले ३ अङ्क बटुल्न सफल रह्यो ।

    जीतपछि स्पर्स १७ खेलबाट ३३ अङ्क बटुल्दै लिगको पाँचौँ स्थानमा रहेको छ ।

    शनिवार, मंसिर ३० २०८००७:४२:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार