काठमाडौं, मङ्सिर २९ गते, प्रधानमन्त्री ‘प्रचण्ड’ की नातिनी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक आज विवाह बन्धनमा बाँधिदैछिन् । प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो ।
गोकर्ण फरेस्ट रिसोर्टमा अहिले विवाहको भव्य तयारी भइरहेको छ । मंसिर १२ गते उनीहरूबीच ‘इन्गेजमेन्ट’अर्थात टीकाटालो भएको थियो । विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य,सरकारका मन्त्रीहरू,उच्च तहका कर्मचारीहरू,संवैधानिक प्रमुख,पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका नेता नारायण दाहालले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।