बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यू-१९ एसिया कप: भारतविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

यू-१९ एसिया कप: भारतविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

मेगा खबर संवाददाता

२६, मंसिर २०८०
  • 790
    SHARES

  • यू-१९ एसिया कप: भारतविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

    काठमाडौँ, एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

    भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो । नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

    अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ । समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ । समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन ।

    आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ । 

    मंगलवार, मंसिर २६ २०८०११:२३:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार