बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

मेगा खबर संवाददाता

२४, मंसिर २०८०
  • 778
    SHARES

  • क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

    काठमाडौँ, मङ्सिर २४ गते, क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ ।

    अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो । यसअघि गए कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भएपछि आज सुनुवाइका लागि पेशी तोकिएको हो ।

    अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरुलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सक्नेछन् ।

    आइतवार, मंसिर २४ २०८०१०:५९:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार