बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

यी प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

मेगा खबर संवाददाता

१९, मंसिर २०८०
  • 892
    SHARES

  • यी प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । आज दिउँसो कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहने छ ।

    कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात छ । आज राति भने कोशी, मधेस,बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

    कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलवार, मंसिर १९ २०८००६:४६:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार