काठमाडौँ, अलेहान्द्रो गारनाचोले सिजनको उत्कृष्ट गोलको दाबेदारमा पर्ने शानदार गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जीत हासिल गरेको छ ।
आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा युनाइटेड ३–० गोलले विजयी बनेको हो । गारनाचोले खेलको तेस्रो मिनेटमा नै बाइसाइकल किकमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५६ औँ मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।
७५ औँ मिनेटमा आफ्नो गोलको खडेरी अन्त्य गर्दै एन्टोनी मार्सियालले तेस्रो गोल गरे । जीतपछि युनाइटेड २४ अङ्कसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । उता १० अङ्क घटाएर कारबाही भोगेको एभर्टन ४ अङ्कसहित रेलिगेसन जोनमा छ ।
आइतबार नै भएका अन्य खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लाले टोटनह्याम हटस्पर्सलाई २–१ गोलले हरायो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।