काठमाडौँ, इंग्ल्याण्ड र रियल मड्रिडका फरवार्ड जुड बेलिङह्यामले सन् २०२३ को गोल्डन ब्वाई अवार्ड हात पारेका छन् ।
यो अवार्ड युरोपको शीर्ष लिगमा खेल्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइन्छ । कोलम्बिया र रियल मड्रिडकी १८ वर्षीया फरवार्ड लिन्डा काइसेडोले गोल्डन गर्लको उपाधि हात पारिन् । २० वर्षीय बेलिङह्यामले यो सिजन बोरुसिया डर्टमण्डबाट रियल आएयता १४ खेलमा १३ गोल गरिसकेका छन् । गत अक्टोबरमा आयोजित बोलोन डी’ओरमा पनि उनी २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
सन् २०१४ मा राहिम स्टर्लिङले पछि यो अवार्ड हात पार्ने उनी पहिलो इंग्ल्सि खेलाडी हुन् । यो अवार्ड जित्ने अन्य खेलाडीमा वेयन रुनी, लियोनेल मेस्सी, किलियान एम्बाप्पे र अर्लिङ हालान्ड रहेका छन् ।
म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले गोल्डन प्लेयर म्यान अवार्ड हात पारे । २२ वर्षीय खेलाडीले प्रिमियर लिगको पहिलो सिजनमा ५३ खेलमा ५२ गोल गरेका थिए । त्यस्तै, बार्सिलोना र स्पेनका मिडफिल्डर एईटाना बोनमाटीले गोल्डन प्लेयर वुमन अवार्ड जितिन् । गत महिना २५ वर्षीया खेलाडीले बालोन डी’ओर अवार्ड पनि जितेकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।