काठमाडाै, आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
बराबरीपछि रियल अङ्क तालिकाको दोस्रो स्थानमा सीमित बनेको हो । १२ खेलबाट रियलको २९ अङ्क छ । शीर्ष स्थानमा रहेको जिरोनाको ३१ अङ्क छ । जिरोनाले शनिबार ओसासुनालाई ४–२ गोलले हराएको थियो ।
रियलका लागि भाल्भर्डे, जोसेलु, जुड बेलिङह्याम र भिनिसि जुनियरले गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । कार्लो एन्चेलोटीको टोलीले विपक्षीको पोस्टमा २२ वटा प्रहार गर्ने पनि गोल भने गर्न सकेनन् ।
रियलको घरेलु मैदानमा भायोकानोले अङ्क बटुलेको सन् २००० पछि पहिलोपटक हो । टोली पछिल्ला ९ खेलमा अपराजित पनि छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।