बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

टी-२० विश्वकप छनोट : सेमिफाइनलमा नेपाल र यूएई भिड्दै

टी-२० विश्वकप छनोट : सेमिफाइनलमा नेपाल र यूएई भिड्दै

मेगा खबर संवाददाता

१७, कार्तिक २०८०
  • 1.0K
    SHARES

  • टी-२० विश्वकप छनोट : सेमिफाइनलमा नेपाल र यूएई भिड्दै

    काठमाडौँ, कात्तिक १७  गते, आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले शुक्रबार संयुक्त अरव इमिरेट्स ९यूएई०सँग खेल्दैछ ।

    यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । दुबै देशको टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे शुरु हुनेछ ।

    नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर आएको छ । नेपाललाई फाइनल प्रवेशका लागि मात्र नभई यो खेल विश्वकपमा छनोट हुन समेत महत्वपूर्ण हुनेछ । सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को २०२४मा हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।

    छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण हुनेछ ।

    शुक्रवार, कार्तिक १७ २०८०११:१३:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार